Breaking News
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||    

आजको राशिफल : मंगलबार, १४ असोज २०८२

  •   १० महिना अघि | १४ असोज २०८२, मङ्लबार

♈ मेष (Aries)


आज तपाईँको साहस र आत्मबल बढ्नेछ। अधुरा काम पुरा हुने संकेत छन्। पारिवारिक सहयोग पाउनुहुनेछ। आर्थिक लेनदेनमा सतर्क रहनुहोस्।


♉ वृष (Taurus)


सामाजिक कार्यमा सहभागी भइ प्रतिष्ठा कमाउने दिन हो। नयाँ कामको प्रस्ताव आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोस्।


♊ मिथुन (Gemini)


आज साना–माना विवादमा पर्न सक्नुहुन्छ। तर, बुद्धि र वाक्चातुर्यले समस्या समाधान हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।


♋ कर्कट (Cancer)


आज आफन्तसँग भेटघाट हुनेछ। नयाँ ठाउँमा पुग्दा लाभदायक सम्बन्ध बन्न सक्छ। आर्थिक पक्ष मजबुत देखिन्छ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ।


♌ सिंह (Leo)


आज आत्मविश्वासमा वृद्धि हुनेछ। सरकारी वा प्रशासनिक कामकाज सजिलै समाधान हुनेछ। नजिकका व्यक्तिसँग सम्बन्धमा तिक्तता आउन सक्ने हुँदा बोलीमा नियन्त्रण गर्नुहोस्।


♍ कन्या (Virgo)


आज अध्यात्म र धर्मप्रति आकर्षण बढ्नेछ। टाढाका आफन्तसँग भेट वा कुराकानी हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। छोटो दूरीको यात्रा लाभदायक हुनेछ।


♎ तुला (Libra)

आज खर्च बढ्ने संकेत छन्। साथीभाइसँग मिलेर काम गर्दा लाभ मिल्नेछ। दाम्पत्य सम्बन्धमा मधुरता छाउनेछ। अचल सम्पत्तिमा लगानी फाइदाजनक हुन सक्छ।


♏ वृश्चिक (Scorpio)


साझेदारीको काममा लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। परिवारमा खुसी छाउनेछ। तर, मानसिक तनाव लिन नहुने दिन हो।


♐ धनु (Sagittarius)


काममा ढिला भए पनि परिणाम लाभदायक हुनेछ। शारीरिक थकानले सताउन सक्छ। आर्थिक व्यवहार गर्दा होसियारी अपनाउनुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ।


♑ मकर (Capricorn)


आज तपाईँको प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूलाई पढाइमा प्रगति हुने दिन हो। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। रमाइलो यात्राको सम्भावना छ।


♒ कुम्भ (Aquarius)


पारिवारिक जिम्मेवारी बढ्नेछ। जमिन, घर वा सवारीसाधनसम्बन्धी काममा प्रगति हुने दिन हो। नजिकका साथी वा आफन्तसँग वैचारिक मतभेद हुन सक्छ।


♓ मीन (Pisces)

आज संचार तथा लेखन–पढनमा रुचि बढ्नेछ। भाइबहिनी वा साथीहरूबाट सहयोग पाइनेछ। नजिकका मानिसबाट उपहार वा शुभसन्देश प्राप्त हुने सम्भावना छ।


  • Jigyasanepal

थप