Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

  •   ४ महिना अघि | ७ जेष्ठ २०८३, बिहिबार

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न भू–भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावकै कारण केही जिल्लामा भारी वर्षासमेत भएको थियो। आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने सम्भावना छ। साथै मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई भू–भाग तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने आकलन गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले गर्मी बढ्न सक्ने देखिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिक बदली कायम रहने मौसम विभागको प्रक्षेपण छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले उच्च भेगका स्थानीय तथा यात्रुलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

  • Jigyasanepal

थप