Breaking News
मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी    ||     सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||    

मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

  •   ८ घण्टा अघि | २१ साउन २०८३, बिहिबार

काठमाडौं, साउन २१ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई क्षेत्रनजिक अवस्थित छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको पूर्वानुमान

देशभर सामान्यदेखि पूर्ण बदली रहने।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने।

कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेसका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना।

बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी।

आज रातिको अवस्था

देशभर बदली कायम रहने।

हिमाली क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा हिमपातको सम्भावना।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेसका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षा जारी रहने।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना।

⚠️ सतर्कता अपनाऔँ भारी वर्षासँगै नदी–खोला बढ्ने, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

  • Jigyasanepal

थप