Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

  •   ३ महिना अघि | २१ साउन २०८३, बिहिबार

काठमाडौं, साउन २१ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई क्षेत्रनजिक अवस्थित छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको पूर्वानुमान

देशभर सामान्यदेखि पूर्ण बदली रहने।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने।

कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेसका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना।

बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी।

आज रातिको अवस्था

देशभर बदली कायम रहने।

हिमाली क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा हिमपातको सम्भावना।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेसका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षा जारी रहने।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना।

⚠️ सतर्कता अपनाऔँ भारी वर्षासँगै नदी–खोला बढ्ने, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

  • Jigyasanepal

थप