Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : १५ जनाको मृत्यु, कैयौँ घाइते

  •   २ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेसनमा आइतबार बिहान भएको भागदौडमा १५ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्।

लोकनायक अस्पताल (एलएनजेपी) की प्रमुख चिकित्सा अधिकृत (सीएमएस) रितु सक्सेनाका अनुसार घटनास्थलबाट ल्याइएका १५ जनालाई मृत घोषित गरिएको बीबीसीले जनाएको छ। घाइतेहरूको उपचार जारी छ।

प्रधानमन्त्री मोदीको शोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

त्यस्तै, रक्षामन्त्री राजनाथ सिंहले पनि मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।


अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।


  • Jigyasa media

थप