Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, करोडौंको क्षति

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं । देशभर पछिल्लो एक महिनामा भएका ५०१ आगलागी घटनामा ६ जनाले ज्यान गुमाएका छन्, जसमा एक पुरुष, चार महिला र एक बालक रहेका छन्।

नेपाल प्रहरीका अनुसार, ती घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र ३ बालिका घाइते भएका छन्। आगलागीका कारण ८७ घर र ५७ गोठमा क्षति पुगेको छ भने १४६ पशुचौपायाको ज्यान गएको छ।

घटनाका कारण ३८ परिवार विस्थापित भएका छन्। प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आगलागीबाट करिब ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।


  • Jigyasa media

थप