Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

महिलामाथि सामूहिक बलात्कारको प्रयास, ३ जनाविरुद्ध जाहेरी दर्ता

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं । ललितपुरको सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरिएको छ।

घटना ३१ असारको हो। रौतहट घर भएकी एक महिला सानेपास्थित श्रीमानको डेरा कोठामा साँझ ७ बजेतिर आइपुगेकी थिइन्। पीडित महिलाका अनुसार उक्त समय कोठामा उनका देवर मात्र थिए, श्रीमान् भने काममा थिए। केहीबेरमा अर्का दुई व्यक्ति कोठामा प्रवेश गरेर महिलामाथि बलात्कारको प्रयास गरेको उनी बताउँछिन्। उनले आरोप लगाएकी छिन् कि बलात्कार प्रयासमा उनका देवरले पनि सहयोग गरेका थिए।

पीडित महिलाका अनुसार उनका देवरसहित रौतहटको विश्रामपुर घर भएका ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका २२ वर्षीय विपुल यादवले आफूमाथि बलात्कारको प्रयास गरेका हुन्।

बलात्कार प्रयासको क्रममा प्रतिकार गर्दा उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको उनले बताएकी छिन्। घटना भएको एक महिना बितिसक्दा पनि आरोपितहरू पक्राउ नगरिएको भन्दै महिलाले गुनासो गरेकी छिन्।

तर, जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। पीडितको मेडिकल परीक्षण गराइएको र कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए। प्रहरीका अनुसार आरोपितहरू फरार छन् र उनीहरूको खोजीकार्य जारी छ।

  • Jigyasa media

थप