Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढ्यो

  •   २ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

ताप्लेजुङ, चैत ९ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र शनिबार (चैत ९) दिउँसोदेखि हिमपातको साक्षी बन्न पुगेको छ। दिनभरि सामान्य वर्षासँगै हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, यो वर्ष पाथीभरा क्षेत्रमा यो चौथो पटक हिमपात भएको हो। हिमपातसँगै यहाँको तापक्रममा केही गिरावट आएको छ।

महतले भने, "जिल्लाका अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको छ, जसले हिउँदे बालीलाई फाइदा पुर्याउनेछ र यसले किसानलाई खुशी बनाएको छ।"

यसैबीच, शनिबार मात्रै पाथीभरा मन्दिरमा एक हजार ६९८ तीर्थयात्रीहरू पुगेका छन्। पुस महिनायता यो तीर्थस्थलमा आउने भक्तजनको सबैभन्दा ठूलो संख्या हो, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिएका छन्।

पाथीभरा मन्दिर विशेष गरी बडादसैँ, रामनवमी र अन्य धार्मिक अवसरहरूमा ठूलो संख्या में भक्तजनको घुइँचो लाग्ने गर्दछ। यो मन्दिर समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा स्थित छ।


(स्रोत: रासस)


  • RSS

थप