Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

मलद्वारमा लुकाएर ल्याइएको सुनसहित तीनजना पक्राउ

  •   २ वर्ष अघि | २७ पुस २०८१, शनिबार

काठमाडौं, पुस २७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास, र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरू हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका थिए। भन्सार छली ल्याउन खोजिएको धातुसहित शुक्रबार जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

त्रिभुवन विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सुनजस्तो देखिने सिक्री, मोहम्मद र शिवशंकरको साथबाट पनि समान परिमाणको सिक्री बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूले मलद्वारमा लुकाएर ल्याएको धातु निकालेर आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

अहिलेसम्म यो सुनजस्तो देखिने धातु वास्तविक सुन हो वा होइन भन्ने विषयमा परीक्षण भइरहेको छ। प्रहरीले यस घटनालाई भन्सार छलीको गम्भीर मुद्दा मानेर अनुसन्धान गरिरहेको छ।



  • Jigyasa media

थप