Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

देशका छ प्रदेशमा वर्षा, पाँचवटामा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काठमाडौं – देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण छ वटा प्रदेशमा वर्षा र पाँच वटा प्रदेशमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार बिहान देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य ठाउँमा मौसम सफा छ। केही तराई क्षेत्रहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। मधेस प्रदेश बाहेकका सबै प्रदेशमा वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यसैगरी, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका साथै अन्य केही उच्च क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी वायु तथा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ, जसका कारण मौसममा परिवर्तन आउनसक्नेछ।


  • Jigyasa media

थप