Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

मकवानपुरको बतासेमा जिप दुर्घटना, १० जना घाइते

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

हेटौंडा, चैत २० – रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा गुडिरहेको ना १ ज ५४८५ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जना सामान्य घाइते छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी काठमाडौं पठाइएको छ। उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। दुर्घटनामा संलग्न जिप चालक स्थानीय प्रहरी चौकीको सम्पर्कमा रहेको जानकारी गराइएको छ।


  • Jigyasa media

थप