Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

विराटनगरमा मानव कंकालसहित एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

विराटनगर, २० माघ – विराटनगरमा एक व्यक्ति मानव कंकालसहित पक्राउ परेका छन्। आइतबार बिहान विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार राय भारतबाट मानव कंकाल लिएर आउँदै गरेका बेला विराटनगर–१५ स्थित २ नम्बर ढाटमा पक्राउ परेका हुन्। बिहान करिब ७:४० बजेतिर सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

चेकजाँचमा कंकाल बरामद

सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतका अनुसार राय रिक्सामा यात्रा गरिरहेका थिए। सुरक्षाकर्मीले शंका लागेपछि जाँच गर्दा उनको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएका छन्।

रायसँगै यात्रा गरिरहेकी एक महिला भने प्रहरीले चेकजाँच सुरू गर्नासाथ फरार भएकी छन्। उनको पहिचान खुल्न सकेको छैन भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पुनः पक्राउ परेका राय

प्रहरी अनुसन्धानका क्रममा राय यसअघि पनि मानव कंकालसहित पक्राउ परिसकेको खुलेको छ। सशस्त्र प्रहरीले २०७८ साल असोज र चैत महिनामा पनि विराटनगरबाट मानव कंकाल बरामद गरेको थियो।

हाल रायलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। मानव कंकालको स्रोत र यसको प्रयोगबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।


  • Jigyasa media

थप