Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

अमेरिकी हवाई आक्रमणमा ५३ हुथी लडाकु मारिएको दाबी

  •   २ वर्ष अघि | ४ चैत्र २०८१, सोमवार

काठमाण्डौ ।यमनका हुथी विद्रोहीहरूका अनुसार अमेरिकी हवाई हमलामा ५३ जना मारिएका छन्।

विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअनुसार मृत्यु हुनेहरूमध्ये पाँच बालबालिका पनि रहेका छन्।

शनिबार अमेरिकाले हुथी समूहका लक्ष्यहरूमा ‘निर्णायक र शक्तिशाली’ हवाई कारबाही गरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा अमेरिकी जहाजहरूलाई हुथी लडाकुहरूले आक्रमण गरेपछि प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको उल्लेख गरेका छन्।

अमेरिकाले मारिएकामध्ये केही उच्चस्तरीय हुथी कमाण्डरहरू रहेको दाबी गरेको छ। तर, हुथी समूहले यो जानकारी पुष्टि गरेको छैन।

यसैबीच, हुथी नेता अब्दुल मलिक अल-हुथीले अमेरिकी आक्रमण नरोकिएसम्म लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गर्दै प्रतिरोध जारी राख्ने चेतावनी दिएका छन्।


  • Jigyasa media

थप