Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

इजिप्टमा ट्रम्पले गरे ‘गाजा शान्ति योजना’मा हस्ताक्षर

बीस भन्दा बढी देशका नेताहरूको उपस्थितिमा ऐतिहासिक सम्झौता सम्पन्न

  •   ११ महिना अघि | २८ असोज २०८२, मङ्लबार

असोज २८, २०८२ मंगलबार – काठमाडौँ ।

मध्यपूर्वमा लामो समयदेखि चलिरहेको युद्ध र तनाव अन्त्यतर्फ सन्देश दिने ऐतिहासिक क्षण सोमबार इजिप्टमा देखियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, कतार र टर्कीका शीर्ष नेताहरूले गाजा शान्ति योजनामा हस्ताक्षर गरेका छन्।

इजिप्टको प्रसिद्ध पर्यटकीय सहर सर्म अल–शेखमा आयोजित उच्चस्तरीय सम्मेलनमा २० भन्दा बढी देशका राष्ट्रप्रमुख र प्रतिनिधिहरू सहभागी थिए। उक्त सम्मेलनमा हस्ताक्षरसँगै गाजामा युद्धविरामको नयाँ चरण सुरु भएको बीबीसीले जनाएको छ।

हस्ताक्षरपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने,

> “एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; अब पुनर्निर्माण सुरु हुँदैछ। 

उनले इजरायल र हमासबीच युद्धविराम कायम गर्न निर्णायक भूमिका खेलेका मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

त्यसैगरी, इजिप्टका राष्ट्रपति अल–सिसीले यो सम्झौतालाई “ऐतिहासिक दिन” भन्दै क्षेत्रीय स्थायित्व र मानवताको जितको रुपमा वर्णन गरे।

शान्ति योजनाको पहिलो चरणअन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदान–प्रदान सुरु गरिएको छ। सोमबार मात्रै हमासले २० जना जीवित र ४ जना मृत बन्धक फिर्ता गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। अब बाँकी २४ इजरायली बन्धकका शवहरू पनि फिर्ता गरिने समझदारी भएको छ।

गाजा क्षेत्रमा जारी रक्तपात र विनाश अन्त्य गर्ने दिशामा यो सम्झौता महत्त्वपूर्ण मोडका रूपमा लिइएको छ। विश्लेषकहरूका अनुसार, इजिप्ट, कतार र टर्कीको संयुक्त मध्यस्थता तथा अमेरिकाको सक्रिय पहलले युद्धविराम सम्भव भएको हो।

विश्व समुदायले यस सम्झौताबाट मध्यपूर्वमा स्थायी शान्तिको नयाँ बाटो खुल्ने अपेक्षा राखेका छन्।

  • Jigyasanepal

थप