Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

चोरी तथा अपहरणमा संलग्न फरार आरोपी पक्राउ

  •   २ वर्ष अघि | २९ माघ २०८१, मङ्लबार

जनकपुरधाम, माघ २९ – नेपाल–भारत सीमावर्ती क्षेत्रमा लामो समयदेखि चोरी, डाँका तथा अपहरण जस्ता आपराधिक गतिविधिमा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन्।

मोरङ ग्रामथान गाउँपालिका–२ निवासी ४० वर्षीय खड्कनारायण माझी लाई मोरङ र महोत्तरी प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार माझी भारतको सितामढी तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थिए। उनी चोरी, डाँका, लुटपाट तथा अपहरण जस्ता गम्भीर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए।

माझीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको थियो। उनलाई सोमबार अदालतमा पेश गरिएको थियो, जसपछि महोत्तरी जिल्ला अदालत को आदेशअनुसार जलेश्वर कारागार चलान गरिएको प्रहरी प्रवक्ता नन्दकिशोर प्रसाद चौहान ले जानकारी दिएका छन्।


  • Jigyasa media

थप