पुस १८, २०८२, काठमाडौँ ।
आज (शुक्रबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिन (बिहीबार) भन्दा केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।
हिजो यही समयमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने, त्यसपछि बिहान ८:४५ बजे घटेर ४.६ डिग्री सेल्सियसमा पुगेको थियो। आज पनि आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। मौसमविद् अनुसार त्यस समयमा तापक्रम प्रायः घटेकै हुन्छ।
मौसम महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
विशेषज्ञका अनुसार राति आकाश सफा रहँदा बिहान न्यूनतम तापक्रम घट्छ, भने बादल लाग्दा बढ्छ। दिउँसो आकाश सफा रहेमा अधिकतम तापक्रम बढ्छ, र बादल लाग्दा
-
Jigyasanepal