Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

कवि दीपक मुडभरीको निधन

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

काठमाडौं । मेरिल्याण्ड (अमेरिका)। मकवानपुर हेटौंडाका कवि दीपक मुडभरी ‘मित्र’ को मेरिल्याण्डको एक अस्पतालमा उपचारको क्रममा ३ जुलाईका दिन निधन भएको छ ।

२०१८ साल पुस ८ गते मकवानपुरको हेटौंडामा जन्मिएका उनी कविता विधामा सकृय थिए । नेपालमा रहँदा उनले “अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेर धेरै साहित्यकारलाई सो पत्रिका मार्फत् प्रकाशनको मञ्च प्रदान गरेका थिए ।

अठोट पत्रिकामा राष्ट्रिय स्तरका स्थापित लेखकका रचनाका साथै र स्थानिय साहित्यकारका रचनाहरुलाई समेत प्रोत्साहन दिएका थिए । उनले “स्थानीय कविता अङ्क” का रुपमा केही अङ्क प्रकाशन गरेका थिए ।

उनी मकवानपुर साहित्य परिषदका संस्थापक महासचिव थिए ।

उनको कविता सङ्ग्रह भने अमेरिका गएपछि मात्र प्रकाशन हुन सक्यो । उनको एकमात्र कविता सङ्ग्रह “केही अस्पष्ट रेखाहरु” २०७४ साल माघमा प्रकाशित भएको थियो ।

उनले आफ्नो कविता सङ्ग्रह प्रकाशनको सिलसिलामा नेपालमा रहँदा आफ्ना दिवंगत पिता माताको नाममा मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले ब्यबस्थापन गर्ने गरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका थिए र यो बर्सेनि प्रदान गरिंदै आएको छ ।

उनलाई साहित्य संगम नुवाकोटले “संगम साहित्य पुरस्कार एबम् सम्मान २०८१” प्रदान गरिएको थियो र सो सम्मान साहित्यकार एमपी पाण्डेले नुवाकोटमा ग्रहण गरेका थिए ।

उनी आफ्नो दोश्रो कविता संग्रह “केही अतृप्त स्पर्शहरु” प्रकाशनको तयारीमा थिए ।                                                    स्रोत: अनलाइखबरमा

  • Jigyasa media

थप