Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

राजधानीको छायाँमा सडकमै सुत्केरी: गोदावरीमा एक महिलाले प्रहरीको सहयोगमा जन्माइन् शिशु

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

कैलाली, जेठ ६ – 'बाँच्न पाइन्छ भन्ने भर छैन, जन्मिन पनि बाटो पर्खिनुपर्छ !' – यो भनाइ फेरि एकपटक चरितार्थ भएको छ, सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्लामा। राजधानीको नजिकै सडकमै एक महिलाले छोरालाई जन्म दिएकी छिन्।

यो कुनै दुर्गम पहाडी बस्तीको कथा होइन, स्वास्थ्य चौकी टाढा रहेको भिरपाखाको कथा होइन – यो हो, सुदूरपश्चिम प्रदेशकै राजधानी कैलालीको गोदावरी नगरपालिका–१ को वास्तविकता, जहाँ २४ वर्षीया चन्द्रा आचार्यले व्यथा लागेपछि अस्पताल पुग्न नपाउँदै सडकमै सुत्केरी हुनुपर्‍यो।

प्रहरीकै सहयोगमा सडकमै सुत्केरी

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बिहान स्थानीयले प्रहरीलाई खबर गरे कि एक महिला व्यथाले लम्पसार परेकी छन्। प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका निर्देशनमा खैराना प्रहरी चौकीबाट पठाइएका महिला प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडकमै बच्चा जन्माइन्।

"त्यहाँ पुग्दा उनी व्यथामा थिइन्, महिला प्रहरीको सहायताले त्यहीँ छोरालाई जन्म दिइन्," डीएसपी चन्दले भने।

श्रीमान भारतमा, श्रीमती सडकमै

चन्द्रा आचार्यको स्थायी घर बझाङको थलारा गाउँपालिका हो। उनी सुर्खेतको भेरीगंगा नगरपालिका–८ की बासिन्दा हुन्, र बझाङकै डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन्। श्रीमान डम्बर रोजगारीका लागि भारतमा छन्।

अहिले आमा र नवजात शिशुको पदम अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल बनिरहेको छ भने, प्रहरी जवान चन्द्रिका देउवाको मानवीय सहयोगलाई व्यापक प्रशंसा गरिएको छ।

स्वास्थ्य पहुँचको आइना: राजधानीमा पनि 'सडकमै सुत्केरी'

सुदूरपश्चिमका दुर्गम बस्तीहरूमा गर्भवती महिलाको बाटोमै मृत्यु, अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान, अस्पताल पुग्न नसकेर उपचार नपाई बिरामीको मृत्यु – यस्ता खबर समय–समयमा आइरहेका छन्।

तर जब प्रदेशकै राजधानीमा, सडकमै बच्चा जन्मनुपर्ने बाध्यता आउँछ, तब स्वास्थ्य सेवा पहुँचको भयावहता थप स्पष्ट देखिन्छ। यस्तो अवस्थाले नीति निर्माताको ध्यान खिच्नुपर्छ कि आम नागरिक अझै पनि जोखिममा छन् – सहरभित्रै पनि।

  • Jigyasanepal

थप