Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

धनुषा – तराईसहित मिथिलाञ्चलका विभिन्न जिल्लाहरूमा आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चार दिन लामो छठपर्व सम्पन्न भएको छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जलाशयमा श्रद्धालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन्।

चार दिनसम्म विशेष विधिपूर्वक मनाइने यस पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको आरम्भ गरिएको थियो। बुधबार पर्वको दोस्रो दिन ‘खर्ना’ विधिमा बर्तालुले उपवास गर्दै षष्ठी देवीको आगमनको निम्तो दिएर कूलदेवताको पूजा गरेका थिए। खर्नामा विशेष गरि नुनबिना पकाइएका परिकारहरूको प्रसाद ग्रहण गरिएको थियो।

बिहीबार साँझ, पर्वको तेस्रो दिन षष्ठीका अवसरमा भक्तजनहरूले आफ्ना परिवारका सदस्यहरूसँग विभिन्न पकवानहरू—ठकुवा, भुसवा, खजुरिया, पेरुकिया तथा विभिन्न फलफूलहरू लिएर नदी, पोखरीलगायत जलाशयमा पुगेका थिए।

सन्ध्याकालीन अर्घ्यमा उनीहरूले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पिठार, सिन्दुर र अन्य सामग्रीहरू अर्पण गर्दै श्रद्धासहित पूजाआजा गरेका थिए। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्वको समापन गरिएको हो।

यस विशेष अवसरमा जलाशयहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दै विभिन्न भक्ति गीतहरू र लोक संस्कृतिका माध्यमबाट छठको पूजा सम्पन्न भएको हो।


  • Jigyasa media

थप