Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

धनुषा – तराईसहित मिथिलाञ्चलका विभिन्न जिल्लाहरूमा आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चार दिन लामो छठपर्व सम्पन्न भएको छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जलाशयमा श्रद्धालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन्।

चार दिनसम्म विशेष विधिपूर्वक मनाइने यस पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको आरम्भ गरिएको थियो। बुधबार पर्वको दोस्रो दिन ‘खर्ना’ विधिमा बर्तालुले उपवास गर्दै षष्ठी देवीको आगमनको निम्तो दिएर कूलदेवताको पूजा गरेका थिए। खर्नामा विशेष गरि नुनबिना पकाइएका परिकारहरूको प्रसाद ग्रहण गरिएको थियो।

बिहीबार साँझ, पर्वको तेस्रो दिन षष्ठीका अवसरमा भक्तजनहरूले आफ्ना परिवारका सदस्यहरूसँग विभिन्न पकवानहरू—ठकुवा, भुसवा, खजुरिया, पेरुकिया तथा विभिन्न फलफूलहरू लिएर नदी, पोखरीलगायत जलाशयमा पुगेका थिए।

सन्ध्याकालीन अर्घ्यमा उनीहरूले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पिठार, सिन्दुर र अन्य सामग्रीहरू अर्पण गर्दै श्रद्धासहित पूजाआजा गरेका थिए। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्वको समापन गरिएको हो।

यस विशेष अवसरमा जलाशयहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दै विभिन्न भक्ति गीतहरू र लोक संस्कृतिका माध्यमबाट छठको पूजा सम्पन्न भएको हो।


  • Jigyasa media

थप