Breaking News
एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||     नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको आराधना, शक्ति र समृद्धिको कामनासहित पूजा गरिँदै    ||     आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||    

बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो

  •   २ हप्ता अघि | २५ असोज २०८३, आइतवार

काठमाडौं, असोज २५। बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले पुल बगाएपछि दुई जिल्लाबीचको आवागमनमा समस्या उत्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बूढीगण्डकीमा आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो।

बाढीले अन्य पुलहरूमा समेत क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ। 

एकैपटक विभिन्न पुल बगाउँदा स्थानीय बासिन्दाको आवागमन तथा यातायात सेवामा असर पर्ने देखिएको छ। बाढीबाट भएको अन्य क्षति तथा प्रभावित क्षेत्रको थप विवरण भने प्राप्त हुन बाँकी छ।

  • Jigyasanepal

थप