Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  •   २ हप्ता अघि | २६ कार्तिक २०८३, बिहिबार

काठमाडौं । देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, रातिको समयमा पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

  • Jigyasanepal

थप