Breaking News
एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||     नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको आराधना, शक्ति र समृद्धिको कामनासहित पूजा गरिँदै    ||     आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||    

आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान

  •   २ हप्ता अघि | २४ असोज २०८३, शनिबार

तस्बिर: AI 

काठमाडौं । केही दिनदेखि प्रभावित मौसम आज (शनिबार) देखि क्रमशः सुधार हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षा हुने क्रम उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति भने वर्षा र हिमपातको सम्भावना सीमित क्षेत्रमा मात्र रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ

यसैबीच, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्नसक्ने महाशाखाले जनाएको छ।

समग्रमा आजदेखि वर्षाको गतिविधि घट्दै जाने र मौसममा क्रमिक सुधार हुने संकेत देखिएको छ। यद्यपि केही स्थानमा वर्षा कायमै रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

  • Jigyasanepal

थप