Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

काभ्रेली चेली ममता काफ्लेको हत्या प्रकरणमा श्रीमान् नरेश भट्ट दोषी ठहर

  •   २ हप्ता अघि | २५ कार्तिक २०८३, बुधबार

काठमाडौं । अमेरिकामा बस्दै आएकी काभ्रेको पनौतीकी चेली ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित अदालतले मंगलबार भट्टलाई हत्यासहित विभिन्न गम्भीर अभियोगमा दोषी ठहर गरेको हो।

प्रिन्स विलियम काउन्टीको अदालतमा भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

अदालतले भट्टको सजाय निर्धारण सन् २०२७ को मार्च महिनामा गर्ने तय गरेको छ। सजाय सुनुवाइ नहुँदासम्म उनी हिरासतमै रहनेछन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा कार्यरत थिए। त्यसक्रममा सेती प्रादेशिक अस्पताल आसपासका दुईवटा मेडिकलमा उनको लगानीसमेत रहेको थियो। व्यवसाय राम्रो चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका पुगेका थिए।

अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले अमेरिका पुगेका उनी त्यसको करिब एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए। पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत रहेको बताइएको छ।

सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा जोडिएका थिए। दुवैले २०७७ मंसिर २५ गते विवाह गरेका थिए। विवाहको करिब आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन्। उनीहरूबाट करिब एक वर्षअघि छोरीको जन्म भएको थियो।

यसरी बाहिरिएको थियो ममता बेपत्ता भएको घटना

ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा उनको कार्यस्थलमा देखिएको थियो। त्यसको दुई दिनपछि जुलाई २९ मा उनले नेपालमा रहेकी आफ्नी आमासँग भिडियो कल गरेकी थिइन्। त्यसपछि भने उनको मोबाइल फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन।

ममताको लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका सहकर्मीहरूले चासो देखाउँदै प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा सन् २०२४ अगस्ट २ मा प्रहरी उनीहरू बस्दै आएको घर पुगेको थियो।

त्यसक्रममा नरेशले आफूहरू अलग हुने प्रक्रियामा रहेको र ममता परिवारका सदस्यलाई भेट्न न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताएका थिए। तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको तथ्य फेला पारेको थियो।

त्यसपछि प्रहरीले उनीहरूको घरमा खानतलासी गरेको थियो। अनुसन्धानका क्रममा नरेशलाई पक्राउ गरिएको थियो।

लामो अनुसन्धान र अदालतमा भएको सुनुवाइपछि अन्ततः जुरीले नरेशलाई ममता काफ्लेको हत्या तथा शवसँग सम्बन्धित अभियोगमा दोषी ठहर गरेको हो।

दोषी ठहर भएसँगै अब सन् २०२७ मार्चमा हुने सजाय निर्धारणतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

  • Jigyasanepal

थप