Breaking News
नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||     कताबाट फेरि यो सुनामी आयो    ||     रसुवा बाढीबारे संसदमा विशेष प्रस्ताव पेश हुँदै    ||     राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी संकलन, बाढीपीडितका लागि सहयोग जुट्ने क्रम जारी    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित    ||     भोटेकोशी–त्रिशूली बाढी : मृतकको संख्या ५८६ पुग्यो, १ हजार ९२४ भन्दा बढी अझै बेपत्ता    ||     बाढीको वितण्डा : मृतकको संख्या ५४७ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार    ||    

मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते

  •   ५ महिना अघि | १८ चैत्र २०८२, बुधबार

हेटौँडा, चैत १८ — मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ६:३० बजे हुरीसहित परेको वर्षाका क्रममा परेको चट्याङले बागमती गाउँपालिका–१ भैसेस्थित बागमती खोलाको बगरमा रहेका दुई जनालाई एकैसाथ प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गम्भीर घाइते भएका ३२ वर्षीय अजय पहरीको उपचारका क्रममा हेटौँडास्थित अस्पतालमा राति करिब ११:२५ बजे मृत्यु भएको हो। अर्का ३७ वर्षीय उज्वल थोकर भने हाल हेटौँडामै उपचाररत रहेका छन् र उनको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार दुवै जना माछा मारेर घर फर्किने क्रममा अचानक परेको चट्याङको चपेटामा परेका थिए। घटनालगत्तै स्थानीयले उद्धार गरी पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि हेटौँडा रिफर गरिए पनि उनको ज्यान जोगाउन सकिएन।

चेतावनी: मौसमसँग लापरबाही घातक

हाल देशका विभिन्न स्थानमा हुरी, वर्षा र चट्याङको जोखिम बढिरहेको छ। यस्तो अवस्थामा खुला स्थान, खोला किनार वा अग्ला ठाउँमा बस्नु जोखिमपूर्ण हुने भएकाले सतर्क रहन विज्ञहरूले आग्रह गरेका छन्।

चट्याङजस्ता प्राकृतिक विपद्ले क्षणभरमै ज्यान लिने जोखिम हुने भएकाले मौसम पूर्वानुमानलाई ध्यान दिँदै सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले समेत सर्वसाधारणलाई सचेत गराएको छ।

  • Jigyasanepal

थप