Breaking News
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||    

देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी

  •   १९ घण्टा अघि | १९ साउन २०८३, मङ्लबार

काठमाडौं, साउन १९ । देशभर आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेशका धेरै स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेश प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सावधानी अपनाऔँ :

नदी, खोला र पहिरो जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्नुहोस्।

मेघगर्जन र चट्याङका बेला खुला स्थानमा नबस्नुहोस्।

यात्रा गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र प्रस्थान गर्नुहोस्।

  • Jigyasanepal

थप