Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना

  •   ३ महिना अघि | २० साउन २०८३, बुधबार

काठमाडौं, साउन २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा गोकर्णेश्वर नगरपालिका–४, गोकर्णस्थित हरि एन्ड लक्ष्मण इन्टरप्राइजेज लाई रु. २० हजार जरिवाना गरेको छ।

विभागका अनुसार अनुगमनका क्रममा खरिद–बिक्रीसम्बन्धी बिल बिजक तथा आवश्यक अभिलेख नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको हो।

त्यसैगरी, मध्यपुर ठिमीस्थित जयसवाल ग्यास र बागबजारस्थित पोखरेली ग्यास सप्लायर्स लाई वितरण गरिएको खाना पकाउने ग्यासको व्यवस्थित अभिलेख राख्न तथा समानुपातिक रूपमा ग्यास वितरण गर्न निर्देशन दिइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि नगर्न पनि विभागले सचेत गराएको छ।

मंगलबार काठमाडौं उपत्यकाका ११ वटा व्यावसायिक फर्म मा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान, भ्याट, नवीकरण, बिल बिजक तथा अन्य कानुनी कागजात अद्यावधिक राख्न विभागले निर्देशन दिएको छ।

साथै, मालसामान खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक प्रयोग गर्न, लेबलयुक्त वस्तुको मात्रै कारोबार गर्न तथा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गरी व्यवसाय सञ्चालन गर्न विभागले व्यवसायीलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप