Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

आजको मौसम पूर्वानुमान : केहि स्थानमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौं । आज देशका केही भागमा आंशिक बदली रहनेछ भने केही स्थानमा वर्षा र उच्च पहाडी क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ, जबकि अन्य स्थानहरूको मौसम मुख्यतः सफा रहनेछ।

दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने मौसमविद्हरूले अनुमान गरेका छन्।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम विभागले जनाएको छ। त्यसैले, सम्भावित वर्षा र हिमपातका कारण आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


  • Jigyasa media

थप