Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

आलु खेती गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यी प्राविधिक जानकारीहरु .!

  •   २ वर्ष अघि | १३ मंसिर २०८१, बिहिबार

काठमाण्डौ । 

आलु खेती नेपालमा मुख्यतः हिउँदमा अब गरिँदै छ गरिन्छ, जसलाई चिसो मौसम आवश्यक पर्छ। सही विधि र ध्यानका साथ खेती गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ। यहाँ आलु खेतीका चरणहरू र आवश्यक जानकारी प्रस्तुत गरिएको छ ।

१. आलु खेतीका लागि उपयुक्त माटो र जलवायु

आलु चिसो मौसम मन पराउँछ। यसको लागि १५-२० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ।

माटो राम्रोसँग बुरबुर पारेर खेती गर्दा आलु राम्रो फल्छ।

पानीको निकास राम्रो हुने र बलौटे माटो आलु खेतीका लागि उपयुक्त मानिन्छ। चिम्ट्याइलो वा भारी माटो आलुको लागि अनुकूल हुँदैन।

२. मलखादको प्रयोग

प्रति रोपनीको हिसाबले निम्न मलको मात्रा प्रयोग गर्नुहोस्:

कम्पोष्ट मल: १५०० केजी

डिएपी: ११ केजी

युरिया: ७ केजी

पोटास: ५ केजी

मल राख्ने विधि:

रासायनिक मल पहिलो तहमा राख्ने।

त्यसपछि कम्पोष्ट वा गोबर मल राखेर आलु रोप्ने।

रासायनिक मलमा सिधै आलु राख्नाले जरामा नकारात्मक असर पर्न सक्छ ।

३. विउको छनोट र रोप्ने दूरी

स्वस्थ र रोगमुक्त विउको छनोट गर्नुपर्छ।

रोप्ने दूरी:

ड्याङदेखि ड्याङ: ६०-७० से.मी.

बिउदेखि बिउ: २०-३० से.मी.

राम्रो उत्पादनका लागि प्रति बिउ ३०-५० ग्राम वजनको आलु उपयुक्त हुन्छ।

४. सिंचाइ र गोडमेल

माटो सुख्खा देखिएमा हल्का सिंचाइ दिनुपर्छ।

रोपाइँपछि पहिलो सिंचाइ १५-२० दिनमा गर्नुपर्छ।

आवश्यकतानुसार २-३ पटक सिंचाइ गर्नु राम्रो हुन्छ।

बोट केही अग्लो भएपछि गोडमेल गरी माटो चढाउनाले आलु ठूला र स्वस्थ बन्छन्।

५. रोग र कीराको व्यवस्थापन

आलुमा विभिन्न रोग र कीराले असर गर्न सक्छन्। उचित व्यवस्थापनका लागि:

रोगहरू:

ढुसीजन्य रोग, कालो डढुवा, रातो डढुवा।

समाधान: म्यान्कोजेब (Mancozeb) वा कापर अक्सिक्लोराइड (Copper Oxychloride) जस्ता विषादी प्रयोग गर्नुहोस्।

कीरा:

फेद कटुवा किरा, आलुको गबारो।

समाधान: क्लोरपायरीफस (Chlorpyrifos) वा इमिडाक्लोप्रिड (Imidacloprid) प्रयोग गर्नुपर्छ।खेतको सरसफाइ र फसल चक्र अपनाउनु पनि आवश्यक छ।

६. बाली भित्र्याउने समय

आलु पाक्ने समय ७०-१२० दिन (जात अनुसार) हुन्छ।

आलु खन्नु १-२ हप्ता पहिले सिंचाइ रोक्नु राम्रो हुन्छ।

आलु खन्ने समय डाँठ पहेँलो भएपछि निश्चित गर्नुपर्छ।

७. अतिरिक्त प्राविधिक सुझाव

मोबाइल एप्स, जस्तै कृषि गुरु जस्ता एप्स  प्रयोग गरी उन्नत प्रविधि र नयाँ जानकारी प्राप्त गर्न सकिन्छ।स्थानीय कृषि प्राविधिकको परामर्श अनुसार खेती गर्नुपर्छ।

आलु खेतीलाई वैज्ञानिक र व्यवस्थित ढंगले गरेमा उत्पादन र आम्दानी दुवैमा वृद्धि हुन्छ।


  • Jigyasa media

थप