Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

आलु खेती गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यी प्राविधिक जानकारीहरु .!

  •   २ वर्ष अघि | १३ मंसिर २०८१, बिहिबार

काठमाण्डौ । 

आलु खेती नेपालमा मुख्यतः हिउँदमा अब गरिँदै छ गरिन्छ, जसलाई चिसो मौसम आवश्यक पर्छ। सही विधि र ध्यानका साथ खेती गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ। यहाँ आलु खेतीका चरणहरू र आवश्यक जानकारी प्रस्तुत गरिएको छ ।

१. आलु खेतीका लागि उपयुक्त माटो र जलवायु

आलु चिसो मौसम मन पराउँछ। यसको लागि १५-२० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ।

माटो राम्रोसँग बुरबुर पारेर खेती गर्दा आलु राम्रो फल्छ।

पानीको निकास राम्रो हुने र बलौटे माटो आलु खेतीका लागि उपयुक्त मानिन्छ। चिम्ट्याइलो वा भारी माटो आलुको लागि अनुकूल हुँदैन।

२. मलखादको प्रयोग

प्रति रोपनीको हिसाबले निम्न मलको मात्रा प्रयोग गर्नुहोस्:

कम्पोष्ट मल: १५०० केजी

डिएपी: ११ केजी

युरिया: ७ केजी

पोटास: ५ केजी

मल राख्ने विधि:

रासायनिक मल पहिलो तहमा राख्ने।

त्यसपछि कम्पोष्ट वा गोबर मल राखेर आलु रोप्ने।

रासायनिक मलमा सिधै आलु राख्नाले जरामा नकारात्मक असर पर्न सक्छ ।

३. विउको छनोट र रोप्ने दूरी

स्वस्थ र रोगमुक्त विउको छनोट गर्नुपर्छ।

रोप्ने दूरी:

ड्याङदेखि ड्याङ: ६०-७० से.मी.

बिउदेखि बिउ: २०-३० से.मी.

राम्रो उत्पादनका लागि प्रति बिउ ३०-५० ग्राम वजनको आलु उपयुक्त हुन्छ।

४. सिंचाइ र गोडमेल

माटो सुख्खा देखिएमा हल्का सिंचाइ दिनुपर्छ।

रोपाइँपछि पहिलो सिंचाइ १५-२० दिनमा गर्नुपर्छ।

आवश्यकतानुसार २-३ पटक सिंचाइ गर्नु राम्रो हुन्छ।

बोट केही अग्लो भएपछि गोडमेल गरी माटो चढाउनाले आलु ठूला र स्वस्थ बन्छन्।

५. रोग र कीराको व्यवस्थापन

आलुमा विभिन्न रोग र कीराले असर गर्न सक्छन्। उचित व्यवस्थापनका लागि:

रोगहरू:

ढुसीजन्य रोग, कालो डढुवा, रातो डढुवा।

समाधान: म्यान्कोजेब (Mancozeb) वा कापर अक्सिक्लोराइड (Copper Oxychloride) जस्ता विषादी प्रयोग गर्नुहोस्।

कीरा:

फेद कटुवा किरा, आलुको गबारो।

समाधान: क्लोरपायरीफस (Chlorpyrifos) वा इमिडाक्लोप्रिड (Imidacloprid) प्रयोग गर्नुपर्छ।खेतको सरसफाइ र फसल चक्र अपनाउनु पनि आवश्यक छ।

६. बाली भित्र्याउने समय

आलु पाक्ने समय ७०-१२० दिन (जात अनुसार) हुन्छ।

आलु खन्नु १-२ हप्ता पहिले सिंचाइ रोक्नु राम्रो हुन्छ।

आलु खन्ने समय डाँठ पहेँलो भएपछि निश्चित गर्नुपर्छ।

७. अतिरिक्त प्राविधिक सुझाव

मोबाइल एप्स, जस्तै कृषि गुरु जस्ता एप्स  प्रयोग गरी उन्नत प्रविधि र नयाँ जानकारी प्राप्त गर्न सकिन्छ।स्थानीय कृषि प्राविधिकको परामर्श अनुसार खेती गर्नुपर्छ।

आलु खेतीलाई वैज्ञानिक र व्यवस्थित ढंगले गरेमा उत्पादन र आम्दानी दुवैमा वृद्धि हुन्छ।


  • Jigyasa media

थप