Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

  •   ६ घण्टा अघि | २१ चैत्र २०८२, शनिबार

काठमाडौँ, चैत २१ — संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी मा खसेको क्षेप्यास्त्रको भग्नावशेषबाट ७ जना नेपाली घाइते भएका छन्।

शुक्रबार भएको उक्त घटनामा ६ जनालाई सामान्यदेखि मध्यम खालको चोट लागेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको नामावली सार्वजनिक गरिएको छैन।

अबुधाबी मिडिया अफिस का अनुसार घटना अबुधाबीको अजबान क्षेत्रमा भएको हो। वायु रक्षा प्रणालीले लक्षित क्षेप्यास्त्रलाई बीचमै अवरुद्ध गरेपछि त्यसका भग्नावशेष खस्दा उक्त क्षति भएको बताइएको छ।

यसै घटनामा ५ भारतीय नागरिक पनि घाइते भएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।

मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको तनावका बीच भएको यो घटनाले त्यहाँ रहेका नेपालीसहित प्रवासी श्रमिकहरूको सुरक्षाप्रति चिन्ता थप बढाएको छ। सम्बन्धित निकायहरूले घाइतेहरूको उपचार र अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन्।

  • Jigyasanepal

थप