Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ

  •   २३ घण्टा अघि | २० चैत्र २०८२, शुक्रबार

हेटौँडा, चैत २० — माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई निष्पक्ष र मर्यादित बनाउने प्रयासकै बीच मकवानपुरको हेटौँडामा गम्भीर अनियमितता उजागर भएको छ। परीक्षा केन्द्रमै अर्काको नाममा परीक्षा दिन पुगेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय मा सञ्चालित एसईई परीक्षा केन्द्रबाट उक्त घटनाको पर्दाफास भएको हो।

प्रहरीका अनुसार सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडामा बस्दै आएका १८ वर्षीय बिराज विक अर्काको नाममा परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट मा कक्षा ११ मा अध्ययनरत रहेका छन्।

प्रवेशपत्रमा फोटो फेरेर परीक्षा दिन पुगे

प्रारम्भिक अनुसन्धानमा बिराजले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

एसईई जस्तो राष्ट्रियस्तरको परीक्षामा यस प्रकारको नक्कली परीक्षार्थी प्रकरण सार्वजनिक हुनु शिक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।

परीक्षा व्यवस्थापनलाई कडाइका साथ लागू गरिए पनि अझै पनि यस्ता घटना दोहोरिनु चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्।

प्रहरीले घटनामा संलग्न दुवै व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

  • Jigyasanepal

थप