Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

बीबीसीद्वारा १०० प्रेरणादायी महिलाको सूची सार्वजनिक, नेपालको शिलशिला आचार्य समावेश

  •   २ वर्ष अघि | १९ मंसिर २०८१, बुधबार

काठमाण्डौ ।

बीबीसीले सन् २०२४ का लागि १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यस सूचीमा नेपालसहित विभिन्न देशका महिलाहरूलाई समावेश गरिएको छ, जसले आफ्ना क्षेत्रहरूमा विशेष योगदान पुर्‍याएका छन्।

सूचीमा पर्यावरण, संस्कृति, शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, स्वास्थ्य, तथा प्रविधि क्षेत्रका महिलाहरूलाई प्राथमिकता दिइएको छ। नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना-रावहिती मइपी-क्लार्कसम्मका व्यक्तित्व यस सूचीमा समावेश छन्।


नेपालबाट शिलशिला आचार्यलाई सम्मानित सूचीमा स्थान दिइएको छ। उनी फोहोर व्यवस्थापन र दिगो विकासका क्षेत्रमा क्रियाशील उद्यमी हुन्। बीबीसीका अनुसार शिलशिला प्लास्टिक पुन: प्रयोगसम्बन्धी नेपालकै सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्छिन्। उनले स्थापना गरेको संस्था 'अभनी भेन्चर्स' ले सीमित स्रोत-साधन भएका समुदायलाई रोजगारीको अवसर प्रदान गर्दै हरित उद्यममा महिलाहरूको सहभागिता बढाउन काम गरिरहेको छ।

भारतबाट भने पूजा शर्मा, जो बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय छिन्, सामाजिक कार्यकर्ता अरुणा रोय, र कुस्ती खेलाडी विनेश फोगाटले पनि यो सूचीमा स्थान पाएका छन्।

यो सूचीले प्रेरणादायी महिलाहरूको जीवनकथा प्रस्तुत गर्दै समाजमा उनीहरूले पुर्‍याएको प्रभावको कदर गर्ने उद्देश्य राखेको बताइन्छ।


  • Jigyasanepal

थप