Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

ट्रक–स्कुटर ठोक्किँदा २ को मृत्यु,

  •   ८ महिना अघि | २५ साउन २०८२, आइतवार

 नवलपुर, साउन २५ ।

गैंडाकोट र भैसाखोरी बीचको जंगलमा आइतबार साँझ भएको भीषण सडक दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टि गरेको छ।

दुर्घटनापछि ट्रकको अगाडिको भागमुनि च्यापिएका दुवैजनालाई प्रहरी र स्थानीयले उद्धारको प्रयास गरेका थिए। प्रहरीका सूचना अधिकारी मधु नेपालका अनुसार, मृतकको पहिचान अझै खुल्न सकेको छैन र घटनास्थलमै प्रारम्भिक अनुसन्धान भइरहेको छ।

“दुवैजनालाई ट्रकमुनि च्यापिएको अवस्थामा भेट्यौं, अहिले उद्धार र ट्रक हटाउने काम भइरहेको छ,” उनले भने।

दुर्घटनाको थप विवरण, कारण र स्कुटर चालकको परिचय खुल्नेबित्तिकै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यस घटनाले फेरि एकपटक पूर्व–पश्चिम राजमार्गमा बढ्दो सडक दुर्घटनाप्रति चिन्ता बढाएको छ। स्थानीयवासीले यस खण्डमा गति नियन्त्रण, सडक सुरक्षासम्बन्धी कडाइ र प्रहरीको निगरानी बढाउन माग गरेका छन्।

  • Jigyasanepal

थप