Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

"ज्यान भन्दा महँगो कुकर होइन!" – प्रेसर कुकरको सही प्रयोग नगर्दा ज्यान नै जान सक्छ! हेर्नुहोस् यी कुरा

  •   ६ महिना अघि | २६ असोज २०८२, आइतवार

काठमाण्डौ । आजकल हरेक घरमा खाना छिटो पकाउने भनेर प्रेसर कुकर अनिवार्यजस्तै भएको छ। तर, दुःखको कुरा के छ भने – कति मानिसहरू कुकरको सही प्रयोग गर्न जान्दैनन्। अझ भयानक कुरा त के छ भने, कुकरको सेफ्टी प्लग (safely valave ) निक्लेपछि त्यहाँ काठको लठ्ठी, सिमेन्ट टालो, वा केही अन्य बेमेल वस्तु हाल्ने जस्तो ज्यानमारा गल्ती गर्छन्।

किन दिइन्छ सेफ्टी प्लग?

यो एकदमै जरुरी सुरक्षा प्रणाली हो।

जब कुकरभित्रको प्रेशर (दबाव) हदभन्दा बढी हुन्छ, अनि सिटीले त्यो दबाव निकाल्न सक्दैन, त्यतिबेला सेफ्टी प्लग पग्लेर अतिरिक्त प्रेशरलाई बाहिर निकालिदिन्छ।

तर यदि यो प्लग नै छैन भने?

त्यही बेला कुकर पड्कन्छ!

र घरमा ठूलो दुर्घटना हुन्छ – अनुहार डढ्न सक्छ, आँखाको क्षति हुन सक्छ, यहाँसम्म कि मृत्यु पनि हुन सक्छ।

प्रेसर कुकर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:

1. सेफ्टी प्लग कहिल्यै ननिकाल्नुहोस्।

जुन कम्पनीले बनाएको हो, उसैले सुरक्षित बनाएको हो।

2. सिटी (whistle) को संख्या बुझ्नुस्।

तरकारी: 1–2 सिटी

मासु: 3–5 सिटी

दाल: 1 सिटी

(थर/ब्रान्ड अनुसार फरक पर्न सक्छ)

3. पानीको मात्रा सही राख्नुस्।

कम पानीमा कुकर जल्छ,

धेरै पानीमा सिटी लाग्न ढिला हुन्छ।

सामान्यतः १ कप चामलमा २ कप पानी वा

५०० ग्राम मासुमा १.५–२ कप पानी राख्नुपर्छ।

4. कुकर आधा भन्दा धेरै नभरौं।

प्रेशर बन्‍न ठाउँ रहनुपर्छ।

5. ग्यासको आँच

सुरुमा मध्यम राखेर सिटी लागेपछि

सानो आँचमा पकाउनु उत्तम।

6. कुकर खोल्नुअघि पूर्ण प्रेशर आउट हुनु जरूरी छ।

हतारमा खोलेर पनि चोट लाग्न सक्छ।

धेरै दुर्घटनाहरू मानवीय लापरवाहीले हुन्छन्, प्रेसर कुकर दोषी हुँदैन!

कृपया यस्ता गल्ती नगर्नुहोस्, न त गर्न दिनुहोस्।

"जसले खाना पकाउँछ, उसलाई कुकरको ज्ञान पनि हुनु जरुरी छ।"


यो कुरा सबैमा साझा गरौं, चेतना फैलाऔं – किनकि सस्तो लापरवाहीले महँगो जीवन जान सक्छ।

  • Jigyasanepal

थप