Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  •   १ महिना अघि | २१ भदौ २०८३, आइतवार

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पाँच प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थान तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेशका केही स्थानमा पनि वर्षा हुनसक्ने जनाइएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातको सम्भावना भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै अघि बढ्न आग्रह गरेको छ।

  • Jigyasanepal

थप